Sagun Khabar
बैतडीमा आगामी बर्षका लागि दररेट निर्धारण 

बैतडी –बैतडीमा आगामी आर्थिक बर्षका लागि जिल्ला दररेट निर्धारण समितिले जिल्लाको दररेट निर्धारण गरेको छ । जिल्लाको हकमा निर्माण सामग्री र ढुवानीको दररेट, मेसिन तथा उपकरणको भाडा दररेट, कामदारको ज्याला लगायतको दररेट निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

सार्वजनिक खरीद नियमावली (संशोधन सहित) २०६४ को नियम १ बमोजीम जिल्ला दररेट निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

दररेट निर्धारणका लागि गठित उपसमितिले पेश गरेको प्रस्तावित दररेरट माथि आवश्यक छलफल गरी संशोधन सहित पारित गरिएको बताइएको छ । चालु आर्थिक बर्ष भन्दा आगामी आर्थिक बर्षमा हरेक क्षेत्रमा दररेट बढेको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update