बैतडी – नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको ३८ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारण सभामा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए ।
सभामा बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश हुनुका साथै आगामी बर्षको अनुमानित बजेट र कार्यक्रम पेश गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सदस्य रमेशसिंह भण्डारीले बताए ।
बार्षिका साधारणसभामा पेश भएको आर्थिक प्रतिवेदन अनुसार चालु आर्थिक बर्षमा ९ लाख ८ हजार बराबरको आयव्यय विवरण रहेको छ ।
साधारण सभामा जिल्लामा रहेका २१ ओटा उपशाखाबाट ३ जनाका दरले प्रतिनिधि सहभागी रहेका थिए । सभाले आगामी बर्षको कार्ययोजना समेत पारित गरेको भण्डारीले बताए ।




