Sagun Khabar
कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा पस्याे, घरहरु हटाउँदै सशस्त्र प्रहरी

कञ्चनपुर – चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । हिजो रातिदेखि आएको बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ । 

बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् । गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् । उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ ।

सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् । यस्तै बाढीको उच्च जोखिममा रहेका घर पनि सशस्त्र प्रहरीले हटाउन थालेका छन् । घरका खाँबा, झ्यालढोका लगायत सामान हटाएर सुरक्षित ठाउँमा लगेका छन् ।
 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update