Sagun Khabar
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार राति पुर्नवास नगरपालिका–११ मा से६प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुुँदा सोही नगरपालिकाको वडा नम्बर ५ का ५५ वर्षीय गोपाल आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । 

डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएका थिए । त्यसपछि उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्याउँदा  उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update