
बैतडी –बैतडीमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । शुक्रबार थप ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले बताए ।
आज झुलाघाट नाका र जिल्ला अस्पतालमा गरिएको परीक्षणमा थप चार जनामा कोरोना पुष्टि भएको लेखकले बताए । आज गरिएको परीक्षणमा भारतको पिथौरागढका दुईजना, बझाङका एक जना र बैतडीको दोगडाकेदारका एक जनामा कोरोना पुष्टि भएको हो । घुम्नका लागि नेपाल आउँदै गरेका दुई भारतीयमा कोरोना पुष्टि भएपछि उनीहरुलाई भारततिरै फर्काइएको उनले बताए ।
यो संगै बैतडीमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । दशरथचन्द नगरपालिकामा ७ जना, पुर्चौंडी नगरपालिकामा ३ जना, दोगडाकेदारमा २ जना, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका ११ जना सक्रिय संक्रमित रहेका छन् ।