Sagun Khabar
बैतडीमा एक  युवक मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा एक जना युवक  मृत फेला परेका छन् ।  शुक्रबार जिल्लाको  सुर्नया गाउँपालिका वडा नं  ७ का ३७ वर्षिय रघुबिर कुवँर मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी  कार्यालय  बैतडीका प्रहरी  निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी  दिए ।

वडा नं ७ रौत गाउँको  गोराखला टोल घर भएका  कुँवर शुक्रबार विहान वडाको घंराड भन्ने ठाउँमा मृत भेटिएका प्रहरीले बताएको छ । मृत फेला परेका कुवँरको  शब अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र पोष्टमार्टम गरिने प्रहरी प्रवक्ता जोशीले बताए ।

पारिवारिक स्रोतका अनुसार उनि बिहीवार दिउँंसो घरचाहिने सामान किन्नका लागि  स्थानीय चौथाली बजार गएका थिए । बिहीवार  दिउँसो  घरबाट बजार  गएका  कुवँर बिहान मृत अवस्थामा फेला परेका हुन् । मृतका घरमा श्रीमती, दुई छोरा  र दुई  छोरी रहेका बताइएको छ ।  घट्नाबारे  थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी  कार्यालय  बैतडीले  जनाएको  छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update