कञ्चनपुरमा एक विद्यार्थी मृत फेला
कञ्चनपुर –कञ्चनपुरको एक क्याम्पसमा अध्यनरत विद्यार्थी मृत फेला परेका छन् । जिल्लाको जनज्योती बहुमुखी क्याम्पसमा विएसडब्लु प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थी अनिक कार्की आइतबार मृत फेला परेका हुन् ।
कार्की वेदकोट नगरपालिका–४ स्थित आफ्नै घरमा मृत फेला परेका प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनले असार १ गते प्युठानबाट प्रेम विवाह गरेका थिए । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९ १६:१५
प्रतिक्रिया दिनुहोस्




