Sagun Khabar
आज हरितालिका तीज मनाइँदै

काठमाण्डौं –आज हरितालिका (तीज) पर्व मनाइँदैछ। हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउँछन्।

आजको दिन व्रत बसी शिव(पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। तीजका अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update