Sagun Khabar
अछाम पहिरोमा परी ज्यान गुमाउने मध्ये १४ जना बालबालिका भएको पुष्टि 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम – गएको शुक्रबार राति आएको पहिरोमा परी अछाममा १४ जना बालबालिकाले ज्यान गुमाएको पुष्टि भएको छ । पहिरोमा परी ज्यान गुमाउनेको संख्या १४ जना बालबालिका सहित २३ जना पुगेको छ । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले पहिरोमा परी १४ जना बालबालिकाहरुले ज्यान गुमाएको पुष्टि गरेको हो ।  परिषदले आइतबार एक विज्ञप्ति जारी गर्दै अछामको विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी १४ बालबालिकासहित २३ जनाले ज्यान गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्ले  घाइतेको उद्दार तथा उपचारमा जुट्न सम्बन्धित निकायलाई आग्रह समेत । विपद्को समयमा बालबालिकाको संरक्षणमा विशेष ध्यान दिन परिषदले सबैमा अपिल समेत गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update