Sagun Khabar
अछामका बाढी–पहिरो पीडितहरुलाई कर्मचारीहरुले एक दिनको तलब सहयोग गर्ने 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछामका बाढी –पहिरो पीडितलाई जिल्लाका सबै सरकारी कार्यालयमा कार्यरत कर्मचारीले एक दिनको तलब दिने भएका छन् । बुधबार बसेको कार्यालय प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो । 

सुरक्षा निकाय बाहेकका सम्पूर्ण सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब स्केलको एक दिन बराबरको तलब सम्बन्धित कार्यालयले जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ । 

संकलित गरिएको रकम गत भाद्र ३१ गते राति घटेको विपद्को घटनाका पीडितहरुलाई हस्तान्तरण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update