Sagun Khabar
चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । 

राष्ट्रपति भण्डारीले एकीकृत सुरक्षा कार्ययोजना २०७९ु मा उल्लेख भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मकरूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को गएको भदौ १७ गतेको बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को भदौ २७ को निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भदौ २७ को पत्रबमोजिम चुनावमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update