Sagun Khabar
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे
स्वास्थ्य सन्देश
Atrya hospital

सल्यान - सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ।  सल्यानकाे कुमाख गाउँपालिका- ७ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेकाे  रा १ ज ७९८ नम्बरकाे जीप जिमालीमा दुर्घटना भएकाे हाे। 

ज्यानमा गुमाउनेमा १४ वर्षीया एनका पुन र ३९ वर्षीय मानबहादुर पुन रहेका प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा घाइते भएकाहरुकाे उद्धार गरी उपचारका लागि  जिल्ला अस्पताल सल्यान लैजाँदै गरिएकाे प्रहरीले जनाएकाे छ । 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update