Sagun Khabar
दशैंघर तथा शक्तिपीठहरुमा फूलपाती भित्र्याइँदै 

काठमाडौं –आज आश्विन शुक्ल पक्षको सप्तमी तिथि अर्थात् महासप्तमी ।  बोलीचालीको भाषामा यो दिनलाई फूलपाती भित्र्याउने दिन भनेर भनिन्छ । महासप्तमीको बिहान वा दिउँसो दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ । यसलाई संस्कृत भाषामा नवपत्रिका भनिन्छ ।

केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ । तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा देवीहरूको पूजा गरिन्छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यो अवसरमा काठमाडौंको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याउने गरिन्छ । गोरखा दरबारबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याउने परम्परा अहिले पनि कायम छ । 

यस्तै बैतडीका विभिन्न ठाउँमा रहेका शक्तिपीठहरुमा आजै फूलपाती भित्र्याउने गरिन्छ । कोतघर, दशैंघर लगायतका ठाउँमा फूलपाती भित्र्याउने चलन रही आएको स्थानीयहरुले बताएका छन् ।  

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update