Sagun Khabar
अछाम : भूकम्पका कारण सडकमा पहिरो खस्यो  
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम – शनिबार राति आएको भूकम्पका कारण अछामको एक सडकमा पहिरो खसेको छ । शनिबार राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण साँफेबगरमा सडकमाथिबाट पहिरो खसेको जनाइएको छ । बझाङको पाटादेवल केन्द्रबिन्दू बनाएर ५ दशमलव ४ रेक्टर स्केलको गएको भूकम्प गएको थियो । 

भूकम्पको धक्का बझाङ सहित सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो । मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बिन्दू बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि ४ सय २८ बढी पराकम्प गईसकेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

पश्चिमी क्षेत्रमा भूकम्पको जोखिम कायमै रहेकाले सर्तक रहन आग्रह गरिएको छ । डोटीमा मंगलबार राति गएको भूकम्पका कारण घर भत्किँदा ६ जनाको ज्यान गएको थियो । भूकम्पका कारण सैंयौ घरमा क्षति पुगेको थियो । 
 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update