Sagun Khabar
कञ्चनपुर –२ मा कांग्रेसका साउँदको अग्रता कायमै 

कञ्चनपुर –कञ्चनपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउँदको अग्रता कायमै रहेको छ । उनी एमालेका उम्मेदवार नरबहादुर धामी भन्दा ३ हजार ६६ मतले अगाडि रहेका छन् । 

प्रतिनिधि सभा सदस्यको ३५ हजार ३८१ मत गणना गर्दा साउँदको  १५हजार ४०९ मत छ भने धामीको १२ हजार ३४३ मत छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १मा एमालेका उम्मेदवार अगाडि छन् ।  उक्त निर्वाचन क्षेत्रमा २५ हजार ६९५ मत गणना गर्दा एमालेका उम्मेदवार बचनबहादुर सिंह  ७ हजार ९५५ मत ल्याएका छन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाटले ७ हजार ८४३ मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टीका गीता चौधरीले ४हजार २४८ मत पाएकी छिन् । 

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा– २ मा २२ हजार ६४६ मत गणना सकिएको छ । उक्त क्षेत्रमा काँग्रेसका उम्मेदवार बहादुर सिह थापाले अग्रता लिएका छन् उनले ७ हजार ६६४ मत पाएका छन् । एमालेका उम्मेदवार कृपाराम रानाले ६हजार ६६५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार लालबहादुर खड्काको ३ हजार ३०३ मत छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update