Sagun Khabar
कञ्चनपुर–२ को प्रदेश (१) मा माओवादीका सरल निर्वाचित 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा १ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार ओमविक्रम भाट (सरल) निर्वाचित भएका छन् । भाटले एमाले उम्मेदवार वचनबहादुर सिंहलाई ४७५ मतले पछि पार्दै जित निकालेका हुन् । भाटले १० हजार ९२५ मत प्राप्त गरे। प्रतिस्पर्धी सिंहले १० हजार ४५० मत पाए । 

प्रदेशसभा २ मा कांग्रेस उम्मेदवार बहादुरसिंह थापाले अग्रता लिइरहेका छन् ।  एमालेका कृपाराम राना उनलाई पछ्याइरहेका छन् । यहाँ थापा विजयी हुने सम्भावना बलियो रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update