Sagun Khabar
कञ्चनपुर –३ मा कांग्रेसका रमेश लेखक भारी मतान्तरले विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले भारी मतान्तरले विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा लेखकले ३० हजार ५२३ मत पाएका छन् । 

नेकपा एमालेकी उम्मेदवार निरु पालले १८ हजार चार ४४८ मत पाएकी छन् । लेखक पालबीचको मतान्तर १३ हजार बढी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले २ हजार २८ मत पाएका छन् ।  प्रतिनिधि सभाको ३६९९ मत बदर भएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update