Sagun Khabar
कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । शनिबार बिहान जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर पेट्रोल पम्प नजिक से २ त २४७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकको परिचय नखुलेको बताइएको छ । ट्याक्टर  चालक शुक्लाफाँटा नगरपालिका घर भएका अन्दाजी २३ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update