Sagun Khabar
दोधाराचाँदनी झोलुंगे पुलमा लडेर एक महिलाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लास्थित दोधराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु भएको हो ।  पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ की ७० वर्षीया अमृता मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुंगे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको प्रहरीले बताएको छ । पुल जीर्ण हुँदा वारपार तथा आवतजावत सकस भएको स्थानीयले बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update