Sagun Khabar
कञ्चनपुरमा लागु औषध सहित तीन जना पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवायुवती पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ का ४६ वर्षीय कर्ण विक, मोरङको विराटनगर उपमहानगरपालिका ६ जामुनगाछी घर भई हाल गोदावरी २ अत्तरिया बजारमा होटलमा काम गर्ने ३३ वर्षीय राकेश कोइराला र कृष्णपुर गरपालिका ९ राजघाट बस्ने २४ वर्षीया अञ्जु भन्ने चन्द्रवती कपड्याल रहेका छन् । 

जिल्लाको बेलौरी नगरपालिका–७ बाट सोमबार अटोमा सवार उनीहरुलाई २.९१ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । उनीहरु सवार सु.प्र.प.०१ ००१ ह २८१२ नम्बरको अटो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । 

पक्राउ परेकामाथिहरु थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update