Sagun Khabar
कञ्चनपुरमा साथीको घर गएर सुतेका युवक मृत फेला
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा साथीको घर गएर सुतेका एक युवक मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–२ भासीका तारादत्त भट्टको घरमा उनका साथी सोही नगरपालिका–११ का २३ वर्षीय पुरन चौधरी मृत फेला परेका प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुबै जना साथी हुन् । उनीहरु राति सँगै सुतेकोमा चौधरी भने मृत फेला परेका हुन् ।  मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update