Sagun Khabar
दार्चुलामा बलात्कार प्रयास गरेको आरोपमा एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला-दार्चुलामा १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले महाकाली नगरपालिका–७ धापका २५ वर्षीय कपीलराम कोलीलाई पक्राउ गरेको हो । जेठ २१ गते पीडित बालिकालाई बलात्कार गर्न खोज्ने आरोपित कोलीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका आरोपितविरुद्ध जबरजस्तीकरणी उद्योग अन्तर्गत आइतबार मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पीडितको आइतबार नै जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परीक्षण गरिएको छ ।

पीडक र पीडित परिवारबीच गाउँमै घटना मिलाउने प्रयास भएको कारण ढिला गरी जाहेरी आएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update