Sagun Khabar
बाजुरामा बाढीले बगाउँदा २ जना बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा – बाजुराका खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका छन् । सोमबार जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै किम्नी खोलामा आएको बाढीले बगाउँदा सोही नगरपालिका–५ किम्नीका घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा बेपत्ता भएका हुन् ।

बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले बताए । सोमबार नै बुढीनन्दा नगपालिका–३ सिराडीकी ३६ वर्षीया मोतीकला पनि बेपत्ता भएकी छिन् ।

गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको स्थानीय धनबहादुर बोहराले बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update