Sagun Khabar
कञ्चनपुरमा एक अविवाहित बालिकाले जन्माइन बच्चा

कञ्चनपुर- कञ्चनपुरमा एक अविवाहित बालिकाले बच्चा जन्माएकी छिन्। जिल्लाको बेलौरी नगरपालिका–८ कलकत्ताकी १४ वर्षीया बालिकाले माघ ३ गते घरमै शिशु (छोरा) लाई जन्म दिएकी हुन्।

बालिकाको बयानपछि ईलाका प्रहरी कार्यालय बेलौरीमा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी समेत परेको छ । भारतको बरेलीका दयाराम गुप्ता विरुद्ध पीडीत परिवारले प्रहरीमा जाहेरी दिएका हुन। गुप्ता बालिकाका भिनाजु नाता पर्ने बताइएको  छ । गर्भ सात महिना पुगेपछि मात्रै परिवारले थाहा पाएका थिए ।

शिोरीले  बच्चा जन्माइन् र घट्ना बारिहएको  हो ।  घटना प्रहरी सम्म पुगेपछि प्रहरीले किशोरीसंग सोधपुछ गर्ने क्रममा भिनाजु नाता पर्ने भारतीय नागरिक दयाराम गुप्ताको बच्चा भएकोे बयान दिएकी छन्। किशोरीको  बयान पछि अहिले आरोपी गुप्ताको को खोजी भइरहेको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।  

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update