Sagun Khabar
तीन बर्षभित्रै सुख्खा बन्दरगाह निर्माणको काम सकिन्छ : प्रधानमन्त्री प्रचण्ड 

कञ्चनपुर –प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुख्खा बन्दरगाह निर्माणको काम तीन वर्षभित्रै सकिने बताएका छन् । सोमबार दोधारा चाँदनी १ स्थित सुख्खा बन्दरगाह निर्माण स्थलमा पुगेर उनले तीन बर्षभित्रै सुख्खा बन्दरगाहको काम सकिने दाबी गरेका हुन् । 

सुख्खा बन्दरगाह भारत सरकारले निर्माण गर्ने विषयमा छिट्टै सम्झौता हुने पनि प्रधानमन्त्री दाहालले बताए । उनले सम्झौतामै तीन वर्षभित्रै निर्माण सम्पन्न हुने उल्लेख भएकाले तोकिएकै समयमा काम सम्पन्न दाबी गरे । सुख्खा बन्दरगाह निर्माणको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए । 

सुख्खा बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन सकिएको प्रधामन्त्रीको भनाइ छ । बन्दरगाह निर्माणपछि दोधारा चाँदनी वा सुदूरपश्चिमको मात्रै नभई सिंगो देशकै विकासमा योगदान पुग्ने उनले बताए ।

Atrya hospital

यस्तै, त्रिदेशीय साझेदारीको रणनीतिका रुपमा भारत र चीनको विकासबाट लाभ लिन सक्नुपर्ने उनले बताएका थिए । पुलको दुवैतर्फ निर्माणाधीन बाँधका विषयमा केही समस्या भएकाले यसको समाधान गर्न तत्काल मन्त्रिपरिषद्बाट निर्णय गरिने उनले बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सुरु हुने औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको उद्घाटनका लागि महेन्द्रनगर पुगेका प्रधानमन्त्री दाहालले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाको पनि निरीक्षण गर्ने कार्यक्रम छ । यही कार्यक्रम अन्तर्गत उनले सुख्खा बन्दरगाह निर्माण स्थलको निरीक्षण गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update