Sagun Khabar
उद्योग मन्त्री भण्डारीद्वारा दैजी–छेला औद्योगिक क्षेत्रको निरीक्षण 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको निरीक्षण गरेका छन् । 

उक्त क्षेत्रको निरीक्षणपछि बेदकोट नगर उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा कार्यक्रममा मन्त्री भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्र सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको र ढिलोमा दुई साताभित्र भोगाधिकार कायम हुने गरी काम भइरहेको जानकारी दिए । 

मन्त्री भण्डारीले भोगाधिकार पाएपछि बाँकी प्रक्रिया अघि बढ्ने बताए । त्यसका लागि ५ अर्ब बढी बजेट माग गरिएको उनले जानकारी दिए । उनले गेटा मेडिकल कलेजलाई सरकारले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नामकरण गरी देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाएको, दोधाराचाँदनीमा सुख्खा बन्दरगाहको काम अगाडि बढेको र महाकाली करिडोरको काम पनि निक्कै अगाडि बढेको जनाउदै यी योजना पूरा भएमा सुदूरपश्चिमका जनताले कामका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य हुने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update