Sagun Khabar
कञ्चनपुरमा ६ लाख बढीका अवैध सामान बरामद
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर-  कञ्चनपुर प्रहरीले ६ लाख बढीका अवैध सामान बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट कञ्चनपुर प्रहरीले ६ लाख २५ हजार मुल्य बराबरका अवैध सामान बरामद गरेको हो।

भीमदत्त नगरपालिका–४ बसपार्कबाट तीन लाख ८० हजार मुल्य बराबरका भन्सार छलीका अवैध लेदरका बेल्ट ९५ थान र दुई लाख २५ हजार मुल्य बराबरका हुक्का फ्लेवर तम्बाखु ७५० प्याकेट बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। प्रहरीले ती सामग्री बेवारिसे अवस्थामा फेला पारेको हो।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update