Sagun Khabar
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियु चुनाव चैत ८ मा 

कञ्चनपुर –सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आउँदो चैत ८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले उक्त निर्णय गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण क्याम्पसलाई चुनावको पूर्व तयारी गर्न भनेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

विश्वविद्यालयले चुनावको मिति तोकेपछि विभिन्न विद्यार्थी संगठनहरुले यो निर्णयको स्वागत गर्दै आन्तरिक तयारी थालेका छन् । 

मानव संसाधन विकास शाखाका प्रमुख नवीन बहादुर बमले सम्पूर्ण क्याम्पसहरुलाई तयारीको सूचना गरिएको र त्यस अनुरुप काम पनि अघि बढिसकेको बताए ।   
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update