बैतडी – दिपक महरा- बैतडीको पाटन नगरपालिका वडा नं १० की वडा सदस्य एवं कार्यपालिका सदस्य दिपिका पन्तले एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकी छन् ।
जिल्लाको पाटन नगरपालिका १० स्थित कालिका मावि मटे को ५३औं बार्षिकोत्सवको अवसरमा गरिब तथा जेहेन्दार १० जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययन कार्यमा केही सहज होस भनेर शैक्षिक सामग्री वितरण गरिएको कार्यपालिका सदस्य पन्तले बताइन् ।
बार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको विद्यालयका प्रधानाध्यापक प्रमानन्द अवस्थीले बताए ।
यस्तै पन्तले यसअधि पनि पाटन नगरपालिका १० स्थित निलपालेश्वर मावि डैंसीलीको ६३ औं बार्षिकोत्सवको अवसरमा गरिब तथा जेहेन्दार १० जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुवरको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा पाटन नगरपालिका वडा न १० का वडा अध्यक्ष धन बहादुर कुवर प्रमुख अतिथी नगरकार्यपालिका सदस्य दिपिका पन्त र वडा सदस्य डम्मर राज भट्ट बिशिष्ट अतिथि रहेका थिए ।





