Sagun Khabar
कञ्चपुरमा प्रहरी अधिकारी मृत फेला
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी-कञ्चपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन् । आइतबार  वरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मण चन्द आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । 

जिल्लाको भीमदत्त नगरपालिका–१५ शारदा टोलका चन्द राति घरमै झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले बताएको छ । चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए ।

उनी कार्यरत कार्यालयका एक अधिकारीका अनुसार राति घरमै झुन्डिएको अवस्थामा शव फेला परेको थियो । मृत्युको कारण भने खुल्न सकेको छैन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update