Sagun Khabar
जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

 कञ्चनपुर- कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका-५ गुलरीया बजारस्थित सडकमा सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाटा नगरपालिका-७ का २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको हो।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update