Sagun Khabar
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचनकालागी मनोनयन दर्ता

बैतडी सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका बैतडीका क्याम्पसहरुमा स्ववियु निर्वाचनकालागी मनोनयन दर्ता गरिएको छ । जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानि,पाटन बहुमुखी क्याम्पस र मणिलेक बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले  मनोनयन दार्ता गराएका हुन । 

स्ववियु चुनावमा विद्यार्थी संगठनहरुले कतै तालमेल गरेर संगठन दर्ता गराएका छन् भने कहिँ एकल प्रतिस्पर्धा गरिरहेका छन् । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेवि संघले २ ओटा क्याम्पसमा एकल रुपमा मनोनयन दर्ता गराएको र  एक क्याम्पसमा अखिल क्रान्तिकारी संग तालमेल गरेको नेवि संघ बैतडीका अध्यक्ष कपील केसीले जानकारी दिए ।

जगन्नाथ बहुमुखी क्याम्पस र मणिलेक बहुमुखी क्याम्पस मेलौलीमा एकल रुपमा मनोयन दर्ता गराएको र पाटन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी संग तालमेल गरेको नेवि संघ बैतडीका सदस्य प्रेम बहादुर चन्दले जानकारी दिए । 

यस्तै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि जगन्नाथ बहुमुखी क्याम्पस र पाटन बहुमुखी क्याम्पसमा एकल रुपमा मनोनयन दर्ता गराए पनि मणिलेक बहुमुखी क्याम्पसमा भने अखिल क्रान्तिकारी संग तालमेल गरेर मनोनयन दर्ता गराएको अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य तथा बैतडी जिल्ला अध्यक्ष सन्तोष राना क्षेत्रीले बताए ।

यस्तै अखिल क्रान्तिकारीले पनि मनोनयन दर्ता गराएको छ ।  सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा चैत ८ गते सोवियु निर्वचन हुदैछ । 
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update