Sagun Khabar
महेन्द्रनगरबाट दिल्ली जाने बसमा भारतीय ट्याक्सी व्यवसायीको अवरोध

कञ्चनपुर –कञ्चनपुरबाट भारतको दिल्ली जाने बस सञ्चालनमा भारतीयले अवरोध पु¥याएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट भारतको दिल्ली जाने ‘नेपाल–भारत मैत्री बस सेवा’ लाई भारतीय नागरिकले अवरोध गरेका छन् । ‘नेपाल–भारत मैत्री बस सेवा’ लाई भारतीय पक्षले अवरोध गरी बनबासामा रोकिएको छ ।

शारदा ब्यारेज नजिक भारतीय ट्याक्सी व्यवसायीहरुले नेपाली नम्बर प्लेटका बस रोकेर यात्रुहरुलाई ओरालेर अवरोध गरेका हुन् । नेपाली प्रशासनले भारतीय नम्बर प्लेटका ट्याक्सीहरुलाई महेन्द्रनगर प्रवेश गर्न नदिएको भन्दै बस रोकेर विरोध गरेको जनाइएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

केही दिनअघि व्यवसायीहरुको अनुरोधमा भारतीय ट्याक्सीहरुलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नियन्त्रण गर्ने निर्णय गरेको थियो । भन्सारमा मनपरी तरीकाले लामो रुटमा भारतीय ट्याक्सीहरुले यात्रु ओसारिरहेको र यसको असर नेपालका यातायात ब्यवसायीहरुलाई परेपछि प्रतिबन्ध गरिएको छ ।

नेपाल घुम्न आउने पर्यटक र सीमावर्ती बजारबाट सञ्चालित ट्याक्सीहरुको हकमा भने प्रशासनलाई त्यस्तो अनुरोध नगरिएको महाकाली बहुउद्देश्यीय यातायात प्रालिका उपाध्यक्ष विष्णु कँडेलले बताए । महेन्द्रनगरसम्म आउजाउ गर्दा समस्या नभएको तर दिल्लीबाट ट्याक्सी बुक गरेर सुदुरपश्चिमका विभिन्न जिल्लामा यात्रु ओसारगर्नमा रोक लगाइएको उनले बताए । 

बनवासामा बस रोकिएको बारेमा आफूलाई आधिकारिक जानकारी नआएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए । यसबारेमा अनुसन्धान गरिने उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update