Sagun Khabar
कञ्चनपुरको एक लघुबित्त बित्तीय संस्थामा तालाबन्दी 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको एक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयमा तालाबन्दी गरिएको छ । जिल्लाको सुडामा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा तालाबन्दी गरिएको हो । 

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले बिभिन्न ५ कारण देखाउँदै आज सो वित्तीय संस्थामा तालाबन्दी गरेको छ । लघुवित्तले उपभोक्ताबाट चर्को ब्याज असुली गरिरहेको र आफ्नो पार्टीले ५ प्रतिशत ब्याज लिनुपर्ने अडान राखेको सो पार्टीले बताएको छ । संस्थाले किस्ता असुल उपर गर्दा ऋणिहरुसित जबरजस्ती र दुव्र्यबहार गरेको पाइएको बहुमतको आरोप छ ।

बिभिन्न प्रलोभन  दिएर उपभोक्तालाई ठग्ने र दुःख दिने गरिएको र बचत बुक संस्थामा राखेर आयव्यय पारदर्शी नगरेको गुनासो उपभोक्ताबाट आएको बहुमतले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update