Sagun Khabar
अछाम : ट्याक्टर दुर्घटनामा घाइते भएका सहचालक बोहराको मृत्यु 

अछाम-अछाममा बिहीबार बिहान भएको ट्याक्टर दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु भएको छ । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन नजिकै बिहीबार बिहान भएको ट्याक्टर दुर्घटनामा घाइते भएका २४ बर्षीय सहचालक खकेन्द्र बोहराको मृत्यु भएको हो ।

गाउँपालिकाको केन्द्र जयगढ बजारबाट वडा नम्बर ४ तिमिल्सैन तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००त ४४१२ नम्बरको ट्याक्टर बिहीबार बिहान करिब ७ बजे दुर्घटनामा परेको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटनामा परि गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएकोमा बोहराको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका पूर्ण ठकुल्लाको उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update