Sagun Khabar
कञ्चनपुरमा शौचालयको सेप्टीट्यांकीमा फसेर हात्तीको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयमा रहेको सेफ्टिट्यान्कीमा परेर जंगली हात्तीको मृत्यु भएको वडा अध्यक्ष प्रताप धामीले बताए।

राति चर्न निस्किएको हात्ती सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेर मृत्यु भएको उनले बताए। 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update