Sagun Khabar
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भदौ २१ गते सार्वजनिक बिदा 

बैतडी- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले भदौ २१ गते बिदा दिने निर्णय गरेको  छ । मंगलबार बसेको  नगरकार्यपालिकाको बैठकले भदौ  २१ गते बिहीवार  गौरा पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने  निर्णय गरेको  हो ।

कृष्णपुर  नगरपालिका नगरकार्यपालिकाको  बैठकले भदौ  २१ गते  एक दिन  गौरा पर्वको  बिदा दिने  निर्णय गरेको नगरपालिकाका  निमित्त प्रमुख प्रशासकीय  अधिकृत विष्णुदत्त भट्टले  जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

२१ गते नगरभित्रका सम्पूर्ण  कार्यालय तथा शैक्षिक संस्थाहरुमा  स्थानीय बिदा दिने निर्णय भएको  नगरपालिकाले जारी गरेको  सूचनामा उल्लेख छ । भदौ ७ गते गौरा नमनाएका ठाउँमा हिजोदेखि गौरा पर्व शुरु भएको छ । .

भदौ  ७ गते  गौरा पर्व नमनाएको  ठाउँहरुमा पालिकाहरु अहिले  स्थानीय  बिदा दिइरहेका छन् ।  २१ गते गौराको मुख्यदिन गौराष्टमी अर्थात अठ्यावाली परेको छ ।  

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update