Sagun Khabar
बैतडीको  खोड्पेमा देउडा प्रतियोगिता सम्पन्न, दनपा १ का भट्ट प्रथम

बैतडी- बैतडीको  खोड्पेमा देउडा प्रतियोगिता सम्पन्न भएको  छ । पाटन नगरपालिका वडा नं ८ को कार्यालय, खोड्पे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोडपे खानेपानी तथा सरसफाई उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजना सञ्चालित प्रतियोगिता बिहीवार सम्पन्न भएको  हो ।

देउडा प्रतियोगितामा  प्रथम बैतडीको दशरथचन्द नगरपालिकाका वडा नं  १ श्रीखण्ड घर भएका  केशब दत्त भट्ट भएका छन् ।  यस्तै उत्कृष्ट द्धितिय केशब विष्ट, द्धितिय  गोदावरी पाण्डेय, तृतिय पशुपती  पाण्डेय र श्याम बाग भएका आयोजक समितिका सदस्य  मोहन विष्टले  बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रथमलाई  १० हजार,उत्कृष्ट द्धितियलाई ७ हजार  १ सय, द्धितियलाई ७ हजार , तृययलाई ५÷५ हजार र शान्तोवना स्थान हाशिल गर्ने भान सिंह भाटलाई २ हजार  प्रदान गरिएको  हो ।    देउडियाहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको हो ।

 स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यसहित गौरा पर्वको अवसरमा यहि  २६ गते देखि सुरु भएको देउडा प्रतियोगितामा स्थानीय  देउडियाहरुको सहभागिता रहेको थियो । खोड्पेमा प्रत्येक वर्ष   गौरा पर्वको अवसरमा देउडा प्रतियोगिता आयोजना गरिदै  आएको  छ  ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update