Sagun Khabar
बैतडीका तिलकसिंह पेलाको आवाजमा आयो ‘देउसरा आईगै’ 

बैतडी –गायक तथा संगीतकार तिलकसिंह पेलाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । मानसखण्डीय भाषा, संस्कृति झल्काउने ‘देउसरा आईगै’ बोलको गीत पेलाको आफ्नै युट्युब च्यानलमा बिहीबार सार्वजनिक भएको हो । गीतकार हेमन्त विवशले रचना गरेको गीतमा संगीत गायक पेलाकै रहेको छ ।   

गीतको भिडियोमा मानसखण्डीय भाषा, संस्कृति, परम्परा एवम् सभ्यतासम्बन्धी विभिन्न दृष्य (हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी कामेको आदि) समावेश गरेको देखिन्छ । मानसखण्डीय सभ्यताले हाल भारतको गढवाल, कुमाउँदेखि काली कर्णालीको उद्गम  मानसरोवरसम्मको कला संस्कृति, परम्परालाई जनाउने पेलाले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

तिलकसिंह पेला पछिल्लो समयका चर्चित गजल÷गीत ‘के लत बस्यो’, ‘हेर दिन ढल्यो’ का गायक तथा संगीतकार हुन् । 

२०६१ सालदेखि काठमाडौं वनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला खोलेर शास्त्रीय संगीत पढाइरहेका उनले तीन वर्षअघि आँसु एल्बमको तेस्रो भागका रूपमा ‘निर्जन किनार’ एल्बम ल्याएका थिए । त्यसअघि उनले डोटेली भाषाका गीतहरू समेत गाएका थिए । 

बैतडीमा जन्मेका पेलाले आधुनिक गीतबाट करिअरको सुरुवात गरे पनि अहिले आफूलाई पूर्णतः शास्त्रीय संगीतमा समर्पित गरेका छन् । शास्त्रीय संगीतको उजागरमा उनी लागिपरेका छन् । उनको संगीत पाठशालाबाट अहिले शास्त्रीय संगीतमा लाग्ने स्रष्टाहरु समेत उत्पादन भइरहेका छन् ।

 https://www.youtube.com/watch?v=1rcGiKbTYCQ

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update