Sagun Khabar
बैतडीको न्वालीमा खुल्ला देउडा प्रतियोगिता हुने, प्रथम पुरस्कार पन्ध्रहजार
फाइल फोटो

बैतडी-  बैतडीको न्वालीमा खुल्ला देउडा प्रतियोगिता हुने भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ५ न्वालीमा असोज ११  गते  देखि खुल्ला देउडा प्रतियोगिता हुने भएको हो ।

नेपाल रेडक्रस सोसाइटी न्वालि उपशाखाको आयोजना तथा दोगडाकेदार गाउँपालिकाको सहयोगमा  देउडा प्रतियोगिता गरिने नेपाल रेडक्रस सोसाइटी न्वालि उपशाखा सभापति बिरसिंह कार्कीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

स्थानीय कला संस्कृतिको संरक्षण गर्ने  उदेश्यले न्वालिमा अवस्थित देउलेक केदार मन्दिरमा लाग्ने रतेडी जात्राको अवसरमा देउडा प्रतियोगिता राखिएको उनले बताए ।  देउडा प्रतियोगिताका लागि आइतबारबाट नामदर्ता सुरु भएको र प्रतियोगितामा सहभागि हुनेहरुले ११ गते विहान सम्म  नाम दर्ता गराइ सक्नु पर्ने छ ।

प्रतियोगिता ११ गते राति देखि सुरु हुने र १२ गते  समापन गरेर पुरस्कार वितरण  गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उचित पुरस्कारको व्यवस्था गरिएको छ । देउडा प्रतियोगितामा प्रथम हुनेलाइ १५ हजार, द्वितियलाई १० हजार, तृतियलाई ५ हजार प्रदान गरिने  छ ।

यस्तै सान्तोना स्थान हाशिल गर्नेलाई ३ हजार सहित प्रमाण पत्र प्रदान गरिने नेपाल रेडक्रस सोसाइटी न्वालि उपशाखा सभापति कार्कीले बताए । प्रतियोगितामा सहभागी हुने देउडियाहरुले ९८४८६३७७८० र  ९८६३३६२२३३ मा सम्पर्क  गरेर नाम दर्ता गराउन सक्ने  छन् । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update