Sagun Khabar
बैतडीका देउडा गायक रमेशको  स्वरमा रहेको ‘लाल चुनरी’ बजारमा 

बैतडी- बैतडीका देउडा गायक तथा सर्जक रमेश बिक  बिबसको  स्वरमा रहेको नयाँ देउडा गीत  बजारमा आएको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ३ न्वादेउ नकाली घर भएका गायक बिबसको स्वरमा रहेको लाल चुनरी देउडा गीत बजारमा आएको हो ।

धमाका युटूब च्यानलबाट लाल चुनरी  नामक देउडा गीत भिडियो सहित सार्वजनिक गरिएको छ । दोगडाकेदार गाउँपालिका मणिलेक घरभएका गायक ज्ञाने पार्कीको शब्द रहेको उक्त गीतमा गायक विक र देउडा गायिका गौरी भट्टले स्वर दिएकी छन् ।

Atrya hospital

ज्ञानु पार्कीको  शब्द तथा गायक बिबसको लयमा रहेको  गित मधुवाला रेकर्डिङ स्टुडीयोमा रेर्कड गरिएको हो भने  एरेन्ज र मिक्सीङ दिपक सगंम बिसीले गरेका हुन। बेंङ्गलोरको जीग्नी एलेक्टोनीक सिटीमा छायाकंन गरिएको गीतमा मदन बोहरा र झरना बोहराको  अभिनय रहेको छ ।

राजु बिष्टले खिचेको भिडियोलाई गायक बिबसले निर्देशन गरेका हुन भने कमल थापा बिबेकले एडिट गरेकाह हुन्। सानै उमेर देखि गीत संगीतमा रुचि राख्ने रमेशले एक दर्जन जति गीतमा स्वर दिनुका साथै १० ओटा गीतको शब्द सिर्जना गरिसकेका छन् ।   मायाप्रेम र प्रदेशिका पीडामा आधारित गीत रचना गर्ने उनले केटी त खत्रा छ खैरे कपालकी,पिरतीमा मुखि पासो भ्यो,बाटो हेरी रुन पाडी गइ, परदेशै परानी सुखी  लगायतका दर्जनौ  गीत बजारमा ल्याइ सकेका छन् ।   

भिडीयोसहितको गीतका लागि यो लिंकमा थिच्नु होस् https://www.youtube.com/watch?v=UpnLTvZA8Ns

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update