Sagun Khabar
बैतडीका नवउदित गायक कलौनीको पहिलो सांगीतिक कोशेली बेंगलोर सहर बजारमा 

बैतडी- बैतडीका गायक  कलौनीको पहिलो सांगीतिक कोशेली बेंगलोर सहर बजारमा आएको छ । जिल्लाको  दोगडाकेदार गाउँपालिका  वडा नं ४ चौगाउँ कलौँठा घर भएका नवउदित गायक करुणाकर कलौनीको  बेंगालोर सहर नामक देउडा गीत बजारमा आएको  हो ।

रोकाया डिजिटल म्युजीक युटूब च्यानलबाट भिडियो सहित देउडा गीत सार्वजनिक गरिएको छ । स्वर्गीय  गणेश दत्त कलौनीको शब्द तथा लयमा रहेको गीतमा कलौनी र गायीका निरु देउवाको स्वर रहेको छ । बिग परिबेस रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको गीतको ऐरेन्ज गायक भुवन बडुले गरेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

गीतको भिडियोमा शंकर जप्रैल, सुनीता देवी जप्रैल,सुरेश सिंह, पशुपति सिंह,गणेश जोरा र गणेश रावलले अभिनय  गरेका छन् । गीतका शब्द संगीतकार स्वर्गीय गाणेश दत्त  करुणाकरका बुबा हुन् । बुबाले रचना गरेको देउडा गीत आफुले गाएको गायक कलौनीले  बताए ।

पुराना  देउडा गायक स्वर्गीय गाणेश दत्त गीत संगीत प्रेमि थिए । उनका कठैलाडी ,बासु, पहाड गाडीमा नामक देउडा गीत बजारमा छन् ।उनकोे २०६८ सालमा निधन भएको थियो । बुबाको प्रेरणाबाट आफु गीत संगीतमा लागेको भन्दै नव उदति कलाकार कलौनीले देउडा गीतको संरक्षणमा लागि पर्ने बताए । दर्शक   स्रोताको राम्रो प्रतिकृया पाइराखेकाले अगामी दिनमा पनि देउडा गीत बजारमा ल्याउने उनको  भनाई  छ । 

गीतका लागि यो लिंकमा थिच्नुहोस्   https://www.youtube.com/watch?v=Mj9BdtXnKpg

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update