Sagun Khabar
बैतडीका देउडा गायक डीकर रिन लागि प्रदेशिभया   

बैतडी- बैतडीका गायक डीकरदेव भट्ट देउडा गायन क्षेत्रमा  छन् । सानै उमेर देखि गीत संगीतमा औधि रुचि राख्ने गायक भट्ट २०७६ सालमा ऋण लागि प्रदेशिभया नामक  देउडा गीत गाएर सांंगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।

        भट्टको शब्द, स्वर र लयमा रहेको सो गीतमा  चर्चित गायीका कल्पना बिसीले  सोर दिएकी छिन् ।     जिल्लाको           दोगडाकेदार गाउँपालिका वडा नं ७ चडेपानी मल्लाकोडा गैर घर भएका भट्टले आफनै  शब्द सिर्जना र स्वरमा रहेका चार ओटा देउडा गीत बजारमा ल्याइसकेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

आफु हिट बन्न र पैंसा कमाउन नभएर देउडाको संरक्षणका लागि गीत बजारमा पस्किरहेको गायक भट्टले  बताए । भट्टले  अहिले सम्म ऋण लागि प्रदेशिभया, बैतडीकी  बसमा बसु, सुइना धेक्या एक्ली हुनि छै, रुबस्या माया बोलका गीत बजारमा ल्याइसकेका छन् ।

उनले सुइना धेक्या एक्ली हुनि छै, रुबस्या माया बोलका गीत  माधव प्रशाद पन्तको प्रस्तुतिमा बजारमा  ल्याएका हुन् ।  प्रत्येक वर्ष देउडा गीत बजारमा पस्कि रहेका गायक भट्ट छिट्टै ए जसु भन्ने नयाँ देउडा गीत भिडियो सहित बजारमा ल्याउने तयारिमा छन् । गायक भट्टका गीतमा घर परिवार छाडेर पैंसा कमाउन विदेशिएका युवाहरुका पीरबेथा समेटिएका छन् ।

दुःख पीडा, माया प्रेमका कुरालाई समेटेर संगीत भर्न सीपालु डिकर अहिले भारतको बेंगलोरमा छन् । उनि रोजगारीको  सिलसिलामा भारत पुगेका हुन् । भारतमा नौकरी गरेर घरपरिवार पाल्ने गरेका भट्ट देउडा संस्कृतीको माया युवा पुस्तामा हुनु पर्ने बताउँछन् ।

पछिल्लो समय हाम्रो भाषा, कला, संस्कृति ,रितिरिवाज, रहनसहन र चालचलनहरु हराउँदै गएकाले यसको संरक्षण र सम्वद्र्धनमा सबैले लाग्नु पर्नेमा समेत गायक भट्टले जोड दिएका छन्  । 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update