Sagun Khabar
काल्सैनी भगवती जात्राको अवसरमा बैतडीको सकारमा देउडा प्रतियोगिता हुने 

बैतडी –बैतडीको पाटन नगरपालिका १ सकारस्थित काल्सैनी भगवती मन्दिरमा महाष्टमीका दिन लाग्नेको जात्राको अवसरमा पारेर खुल्ला देउडा प्रतियोगिता हुने भएको छ । काल्सैनी भगवती मन्दिरमा रांगाको बलिसहित जात्रा हुने गरेको छ । 

महासप्तमीका दिनदेखि शुरु भएको जात्रा महाष्टमीमा राँगाको बलिसहित समापन हुने पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

काल्सैनी जात्राको अवसरमा पारेर कार्तिक ४ र ५ गते खुल्ला देउडा प्रतियोगिताको आयोजना गरिएको उनले बताए । कार्तिक ४ गते दिउँसो दिउँसो ३ बजेदेखि देउडा प्रतियोगिता शुरु गरेर कार्तिक ५ गते बिहान समापन गर्ने योजना रहेको वडा अध्यक्ष ठगुन्नाले जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजारसहित प्रमाणपत्र, दोश्रो हुनेलाई नगद ३ हजारसहित प्रमाणपत्र र तेश्रो हुनेलाई नगद २ हजारसहित प्रमाणपत्र प्रदान गरिने बताइएको छ । 

स्थानीय कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि जात्राको अवसरमा देउडा प्रतियोगिता राखिएको पाटन नगरपालिका वडा नं १ को कार्यालयले जनाएको छ । 

यस्तै जात्रालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि गणेश भट्टराईको संयोजकत्वमा मेला व्यवस्थापन समिति समेत गठन गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update