Sagun Khabar
बैतडीमा रामलीला महोत्सव सञ्चालन हुने 

बैतडी–बैतडीमा रामलीला महोत्सव सञ्चालन हुने भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ स्थित कालिका माविको प्रांगणमा भोलि(शुक्रबार)देखि रामलीला महोत्सवको आयोजना हुन लागेको हो । 

कालिका सांस्कृतिक समाज थालिगडाले हरेक बर्ष महोत्सवको आयोजना गर्दै आएको समाजका अध्यक्ष कर्णबहादुर चन्दले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

भगवान रामचन्द्रको जीवनगाथा आधारित रामलीला नाटकको गणेश पूजनसहित भोलि उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । १३ दिन सम्म सञ्चालन हुने रामलीला महोत्सवको तयारी पूरा भएको अध्यक्ष चन्दले बताए । 

धर्म संस्कृतिको जगेर्ना, सामूहिक विकासको भावना र असल चरित्रका नागरिक निर्माणको उद्देश्यसहित महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवका लागि मञ्च निर्माणको कामदेखि लिएर कलाकार तयार गर्ने सम्मको काम सकिएको छ । 

थालिगडामा बर्षौं पहिलादेखि रामलीला महोत्सवको आयोजना गर्ने गरिएको र सोही महोत्सवबाट संकलित रकमले थालिगडा विद्यालय माध्यमिक तह सम्म स्थापना गर्न सहज भएको अध्यक्ष चन्दले बताए । 

रामलीला महोत्सव भगवान रामचन्द्रको जीवनमा आधारित भएकाले सबैलाई सहभागिताका लागि आग्रह गरिएको छ ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update