Sagun Khabar
बैतडीमा जन्मिएका कवि प्रचण्ड भाष्कर कलिलो उमेरमै अस्ताए 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका २ शर्मालीमा जन्मिएका कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर)को निधन भएको छ । हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मा बस्दै आएका कवि भाष्करको शुक्रबार बिहान निधन भएको हो । 

२९ बर्षीय भाष्कर एक बर्षदेखि घाँटीको क्यान्सरबाट पीडित रहेका थिए । उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका १७ मझगाउँस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

छोटो समयमै कविता लेखनको माध्यमबाट नेपाली साहित्यमा योगदान पुर्याएका कवि भाष्करको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको छ । 

उनका डोटेली र नेपाली भाषाका प्रशस्त कविता रहेका छन् । 

क्यान्सरबाट ग्रसित भएपछि उनको काठमाडौँ र भारतको दिल्ली सहित विभिन्न ठाउँका अस्पतालमा उपचार गरिएको थियो । केही समय अगाडि मात्रै उनको किमो थेरापी गरिएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update