Sagun Khabar
उत्प्रेरणा कक्षा चलाउँदै बह्रमाकुमारी ईश्वरीय विश्वविद्यालय 

बैतडी –बह्रमाकुमारी ईश्वरीय विश्वविद्यालयले बैतडीमा उत्प्रेरणा कक्षा सञ्चालन गरिरहेको छ । आध्यात्मिक चिन्तनद्वारा सकारात्मक भावनाको विकास गराउनका लागि विभिन्न ठाउँमा उत्प्रेरणा कक्षा सञ्चालन गर्ने गरिएको बह्रमाकुमारी ईश्वरीय विश्वविद्यालय पाटनका शाखाकी सञ्चालिका बह्रमाकुमारी बिमला बोहराले बताइन् । 

विभिन्न खालका मानसिक तनावले मानिसलाई नकारात्मक बाटोमा लगिरहेकोले उनीहरुमा सकारात्मक भावनाको विकास गराउनका लागि उत्प्रेरणा कक्षा सञ्चालन गर्ने गरिएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाका धेरै स्थानमा माग अनुसार आफूहरुले उत्प्रेरणा कक्षा सञ्चालन गर्ने गरेको बोहराले बताइन् । केही दिनअघि नेपाली सेनाको ब्यारेकमा उत्प्रेरणा कक्षा सञ्चालन गरेको बह्रमाकुमारी ईश्वरीय विश्वविद्यालयले आध्यात्मिक चिन्तनका बिषयमा विभिन्न छलफल समेत सञ्चालन गर्दै आएको छ । 

यस्तै केही दिन अघिमात्रै जिल्ला कारागारमा समेत उत्प्रेरणा कक्षा सञ्चालन गरिएको छ । कैदीबन्दीहरुमा समेत सकारात्मक भावनाको विकास गराउनका लागि कक्षा सञ्चालन गरिएको बोहराले बताइन् । 

मानिसहरुमा सकारात्मक धारणाको विकास गराउनका लागि आफूहरुले उत्प्रेरणा कक्षा सञ्चालन गरिरहेको बह्रमाकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय धनगढी सह–सञ्चालिका दुर्गा दीदीले बताइन् । उनले भनिन् ‘हामीले मानिसमा सकारात्मक भावनाको विकास गराउनका लागि उत्प्रेरणा कक्षा सञ्चालन गर्ने गरेका छौं ।यसले मानिसमा भएका तनाव लगायतका कुराहरुबाट छुटकरा मिल्ने गर्दछ ।’

आध्यात्मिक चिन्तनबाट मानव जीवनलाई सफल बनाउन आफूहरुको अभियान केन्द्रित रहेको उनले बताइन् । महिलाबाट सञ्चालित संस्थाको रुपमा रहेको बह्रमाकुमारी ईश्वरीय विश्वविद्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा आफ्नो शाखाहरु स्थापना गरेर आध्यात्मिक चिन्तनका बिषयमा जानकारी दिँदै आएको छ । 

बह्रमाकुमारी ईश्वरी विश्वविद्यालयबाट सात दिने आधारभूत राजयोग प्रशिक्षण समेत दिने गरिएको क्षेत्रीय कार्यालयका सहसञ्चालिका दुर्गा दीदीले बताइन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update