Sagun Khabar
डडेल्धुरामा नेपाली सेनाको संस्कृति झल्किने देउसी –भैलो 

डडेल्धुरा –नेपाली सेनाले डडेल्धुरा सदरमुकाममा संस्कृति झल्काउने खालको देउसी–भैलो खेलेको छ । अमरगढी नगरपालिका–१ दहमा रहेको रणबम गणको आयोजनामा सोमबार देउसी–भैलो खेलिएको हो । 

अमरगढी नगरपालिका–५ बसपार्कमा नेपाली सेनाले संस्कृति झल्काउने उदेश्यका साथ देउसी–भैलो कार्यक्रम राखेको थियो ।  तिहारको पाँचदिन धुमधामसँग देउसी भैलो खेल्ने चलन रहेको भएपनि पछिल्लो समयमा मौलिक भैलो हराउँदै गएको छ । पुरानो संस्कृतिको संरक्षण गर्ने उदेश्यले देउसी–भैलो कार्यक्रम आयोजना गरिएको रणबम गणका गणपति एवं प्रमुख सेनानी प्रवीण थापाले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाली सेनाका जवानहरूले दौरा–सुरुवाल र ढाका टोपी तथा चोलो, पटुकीसहित आकर्षक पोशाकमा सजिएर देउसी भैलो खेलेका हुन् । 

देउसी–भैलो कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रहरी नायब उपरीक्षक दीपककुमार कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर पाल, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार र स्थानीयबासीको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update