Sagun Khabar
संस्कृति संरक्षणका लागि बैतडीमा युवा क्लबको देउसी–भैलो 

बैतडी–बैतडीमा संस्कृति संरक्षणका लागि भन्दै युवा क्लबले देउसी–भैलो कार्यक्रम सञ्चालन गरेको छ । परम्परागत रुपमा खेलिने देउसी–भैलोको संरक्षणका लागि दशरथचन्द नगरपालिका १ स्थित रचना युवा क्लबले देउसी –भैलो कार्यक्रमको आयोजना गरेको हो । 

देउसी–भैलोप्रति युवाहरुको आकर्षण घट्दै गएका बेला युवाहरुकै सहभागितामा देउसी–भैलोको आयोजना गरिएको युवा क्लबका अध्यक्ष प्रवीन टेलरले बताए । संस्कृति संरक्षणमा युवाहरुले ध्यान दिनुपर्ने भएकाले आफूहरुले देउसी–भैलो कार्यक्रम सञ्चालन गरेको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

युवा क्लबका सदस्यहरुको सहभागितामा बैतडी सदरमुकामसहित देहीमाण्डौं, मुस्याचोर, सतबाँझ लगायतका बजारहरुमा देउसी भैलो खेलिएको युवाक्लबका उमेश बडूले बताए । 

यस्तै जिल्लाको मेलौली नगरपालिका २ स्थित एकताबद्ध किशोरकिशोरी समूहले जनचेतनामूलक देउसी–भैलो खेलेको छ । 

बालविवाह अन्त्यका साथै हानिकारक प्रथा प्रचलन अन्त्यका लागि जनचेतनामूलक भैलो खेलिएको अभियान्ता कुन्ती भट्टले बताइन् । देउसी–भैलोमार्फत समाजमा रहेका विभिन्न हानिकारक प्रचलन हटाउनका लागि पहल गरिएको उनले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update