Sagun Khabar
बैतडीका विभिन्न स्थानमा खेलियो मौलिक भैलो 

बैतडी–मौलिक देउसी–भैलो लोप भइरहेका बेला बैतडीका विभिन्न स्थानमा मौलिक भैलो खेलिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका १० का विभिन्न ठाउँमा मौलिक भैलो खेलिएको स्थानीय योगेन्द्रसिंह बिष्टले बताए । 

स्थानीय भाषामा गाइने भैलो खेलेर तिहार मनाइएको उनले बताए । स्थानीयहरुकै सहभागितामा रातिको समयमा गाउँगाउँमा पुगेर भैलो खेलिएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

भैलोमा विभिन्न आशिष दिने खालका शब्दहरु हुनुकासाथै प्राचीन महत्व बोकेका शब्दहरु गाउने गरिएको बिष्टले बताए । एकजनाले भट्याउने र अरुले ‘भैलो’भन्दै खेल्ने चलन रही आएको बिष्टले बताए । 

पछिल्लो समयमा मौलिक भैलो लोप भइरहेको बेला स्थानीयहरुले मिलेर भैलो खेलेको उनले बताए । 

यस्तै दोगडाकेदार गाउँपालिकाको वडा नं ४ का विभिन्न स्थानमा पनि मौलिक देउसी भैलो खेलिएको स्थानीयहरुले बताएका छन् । स्थानीयबासिन्दाहरुको सहभागितामा भैलो खेलिएको हो । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update